रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतले विजयी

[sharethis-inline-buttons]

म्याग्दीमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। पुनले २२ हजार ८५० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत पाए। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत र नेपाल कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। जिल्लामा कुल ८६ हजार ३९७ मतदातामध्ये ४६ हजार २१५ मत खसेको थियो भने औपचारिक घोषणा हुन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर