धनुषा जिल्लाको सहिदनगर नगरपालिका वडा नम्बर १ बेमरखीका १४ वर्षीय विजयकुमार यादव हिजो बिहानदेखि बेपत्ता भएका छन्।
स्थानीय झगरु यादवका छोरा विजयकुमार हिजो बिहान करिब ७ बजे घरबाट निस्केका थिए। तर, त्यसपछि उनी घर नफर्किएपछि परिवार चिन्तित बनेको छ। विजयकी आमा फुलो देवी यादवका अनुसार विजयले निलो रंगको सर्ट र कालो जिन्स पेन्ट लगाएर घरबाट निस्केका थिए।
“केही बेरमै फर्किन्छ होला भन्ने सोचेकी थिएँ, तर अहिले सम्म घर नआउँदा चारैतिर खोजी गरिरहेकी छु,” उनले भनिन्।
उनका अनुसार केही महिना अघि गाउँमै एकजनासँग विवाद भएको घटनासमेत रहेको बताइएको छ। हाल परिवार र स्थानीयले विजयको खोजी कार्य गरिरहेका छन्। विजयबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराउन आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया




