रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

[sharethis-inline-buttons]

निर्वाचन आयोग, नेपालले धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ। आयोगले उम्मेदवारी खारेजी सम्बन्धी निर्णयविरुद्ध परेको मुद्दा सर्वोच्च अदालत मा विचाराधीन रहेकाले अदालतबाट आदेश नआएसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको हो।
आयोगका अनुसार मिति २०८२ फागुन १८ मा भएको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी रिट (०८२-WO-०९७२) अदालतमा विचाराधीन रहेकाले अदालतको आदेश नआएसम्म धनुषा–१ को परिणाम सार्वजनिक नगर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर