रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा नवनिर्वाचित सांसद मातृकाप्रसाद यादवद्वारा धन्यवाद कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धनुष टिभी,जनकपुरधाम ।
धनुषा जिल्लाको सबैला नगरपालिकामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित मातृकाप्रसाद यादवले धन्यवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित यादवले कार्यक्रममा सहभागी मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा आम जनतालाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै चुनौतीहरूको सामना गर्दै जनताले दिएको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “मैले चुनाव जितेको छु, केही व्यक्ति हारेर केही समय असन्तुष्ट हुन सक्छन्, तर समयसँगै सबै शान्त हुन्छन्। हामी विवाद होइन, सहकार्य चाहन्छौं।”
उहाँले बेरोजगारी न्यूनीकरण, सामाजिक न्याय र आर्थिक सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभयो। “मैले ठेक्का दिनेहरूका लागि होइन, जनताका लागि चुनाव जितेको हुँ। यस क्षेत्रलाई नमूना क्षेत्र बनाउने मेरो प्रतिबद्धता हो,” यादवले भन्नुभयो।
यादवले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक न्याय, सडक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउँदै देश कानुनको शासनमा चल्ने भएकाले सबैले कानुनको पालना गर्नुपर्नेमा जोड दिनुभयो। “कानुनले कसैलाई छोड्दैन, त्यसैले सबैले कानुनको सम्मान गर्नुपर्छ,” उहाँको भनाइ थियो।
उहाँले समाजिक सद्भाव बिगार्ने प्रयास नगर्न सबैलाई आग्रह गर्दै आफू सधैं जनताको पक्षमा उभिने र लडिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा शीर्ष नेता, स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर