रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा नाला विवाद चर्किँदै, कुटपिटसम्मको अवस्था

[sharethis-inline-buttons]

धनुषाधाममा स्थानीय सरकारको उदासीनताका कारण नाला सम्बन्धी विवाद चर्किँदै गएको छ। हिजो मात्र नाला अतिक्रमण गरी निर्माण गरिएका संरचना र त्यसबाट उत्पन्न अवस्थाका कारण दुई पक्षबीच कुटपिटसमेत भएको स्थानीयले बताएका छन्।कार्यपालिका सदस्य विजय साहले आफू र आफ्नो परिवारमाथि कुटपिट भएको दाबी गर्दै उक्त विषयमा पटक–पटक वडा तथा नगरपालिकामा उजुरी लिएर धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो। उहाँका अनुसार समयमै समस्या समाधान नभएपछि विवाद झन् बढ्दै गएको हो।
स्थानीयका अनुसार नालाको पानी निकास नहुँदा सडकमै जम्ने समस्या बढेको छ भने अतिक्रमणका कारण सडक पेटीसमेत साँघुरिएको छ। यसले दैनिक आवागमनमा समेत समस्या सिर्जना गरेको छ।
यदि स्थानीय सरकारले छिटो अतिक्रमित सडक पेटी खाली गराउने र नाला व्यवस्थापनमा ध्यान नदिने हो भने समस्या अझ जटिल बन्दै जाने स्थानीयको चेतावनी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर