रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ओली–लेखकको म्याद थप बहस सकियो, निर्णय आउन बाँकी

[sharethis-inline-buttons]

काठमाडौं, १५ चैत। केपी शर्मा ओलीरमेश लेखक लाई थुनामा राखेर अनुसन्धान गर्न माग गरिएको म्याद थपसम्बन्धी बहस सकिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासमा भएको बहसपछि अब निर्णय आउन बाँकी रहेको अदालतले जनाएको छ।

सरकारी वकिलले दुवै जनालाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए। सोही आधारमा बहस सुरु भई आज सकिएको हो।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा शनिबार बिहान प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। अदालतमा उपस्थितिका क्रममा लेखक स्वयं उपस्थित भएका थिए भने बिरामी रहेका ओली त्रिवि शिक्षण अस्पताल बाट भर्चुअल माध्यममार्फत उपस्थित भएका थिए।

म्याद थपसम्बन्धी निवेदनमा अदालतले केहीबेरमै निर्णय सुनाउने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर