काठमाडौं, १५ चैत । केपी शर्मा ओली लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
ओलीकी पत्नी राधिका शाक्य को तर्फबाट गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उक्त रिट दायर गरिएको हो।
आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुने जनाइएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई चैत १४ गते पक्राउ गरिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उक्त पक्राउलाई गैरकानुनी र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।
पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल मा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया






