रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ओली पक्राउविरुद्ध प्रदर्शन चर्कियो, माइतीघर–बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

[sharethis-inline-buttons]

काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले आवश्यक बल प्रयोग गरिरहेको छ।

हिजोदेखि नै उक्त क्षेत्रमा एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। साथै, पार्टीका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाएका छन्।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनपछि उक्त विषयमा कारबाही अघि बढाइएपछि विरोध चर्किएको हो। सो समयमा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए।

ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर