रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

६ पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थविरुद्ध सम्पत्ति छानबिन तयारी, राजनीतिक वृत्तमा हलचल

[sharethis-inline-buttons]

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनपछि नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लोकतान्त्रिक आन्दोलनपछि सरकारको नेतृत्व गरेका ६ पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको छानबिन प्रक्रिया अघि बढाएको छ।
छानबिनको दायरामा शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल रहेका छन्। साथै उपेन्द्र यादव र शरदसिंह भण्डारी लगायत अन्य नेतामाथि पनि अनुसन्धानको तयारी भइरहेको छ।
प्रहरी स्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी लिन आवश्यक कागजी प्रक्रिया अघि बढाइएको छ र प्रारम्भिक चरणमै २३ जनाविरुद्ध अनुमति माग्ने तयारी छ। यसैबीच, पूर्वमन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् भने अन्य नेताहरू पनि छिट्टै अनुसन्धानको दायरामा आउने संकेत गरिएको छ।
यस कदमले देशको राजनीतिक वृत्तमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ भने प्रहरी संगठनभित्र समेत दबाब र सकस बढेको बताइएको छ।(यो समाचार डिसि नेपालबाट )

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर