काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। यसअघि चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि सोही दिन पहिलो बैठक बसेको थियो। पहिलो बैठकले शासकीय सुधारका लागि सयवटा कार्यसूची पारित गरेको थियो।
आजको बैठकले पनि विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।
यसअघिका सरकारहरूले जस्तै नयाँ सरकारले पनि सोमबारकै दिन मन्त्रिपरिषद् बैठक आह्वान गरेको हो, जहाँ नियमित रूपमा महत्वपूर्ण नीतिगत निर्णयहरू लिने गरिन्छ।
तपाईको प्रतिक्रिया





