रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीदनगरमा सडक अतिक्रमण हटाउन ७ दिने चेतावनी

[sharethis-inline-buttons]

नागेन्द्र महरा, जनकपुरधाम, चैत ३१ – धनुषाको शहीदनगर नगरपालिकाले बिरेन्द्रबजार–यदुकुहा–मैनाथपुर सडक खण्डमा सडकको क्षेत्राधिकार भित्र रहेका सबै अतिक्रमित जग्गा खाली गर्न ७ दिन भित्र निर्देशन जारी गरेको छ।
नगर प्रमुख दिनेश प्रसाद यादव का अनुसार, सडक केन्द्र रेखा देखि दायाँ–बायाँ १५–१५ मिटर भित्र सवारी पार्किङ्ग, व्यापारिक मालसामान भण्डारण, विज्ञापन बोर्ड, निर्माण सामग्री थुपार्ने, अस्थायी टहरा निर्माण गरी खुद्रा व्यापार सञ्चालन गर्दा यातायात संचालनमा समस्या आएको छ।
नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाउन नगरवासीहरूलाई आग्रह गर्दै, समयसीमा भित्र पालना नगरे कानुन अनुसार कारवाही गरिने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर