रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला–८ जमुनीबासको विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला

[sharethis-inline-buttons]

अरबिन्द सिंह,धनुषा — मिथिला नगरपालिका–८, जमुनीबासमा रहेको श्री जनता राष्ट्रिय आधारभूत विद्यालय ले आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ। विद्यालयले नर्सरीदेखि कक्षा ७ सम्म पूर्णरूपमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुने जानकारी गराएको छ।
विद्यालय प्रशासनका अनुसार सीमित सिटमा आधारित भर्ना खुला गरिएको हुँदा अभिभावकहरूलाई समयमै आफ्ना बालबालिकाको नामांकन गराउन अनुरोध गरिएको छ। विभिन्न कक्षाका लागि सिट संख्या पनि निर्धारण गरिएको छ, जसअनुसार नर्सरीमा २५, एलकेजीमा १५, यूकेजीमा २५, कक्षा १ मा २५, कक्षा २ मा २०, कक्षा ३ मा १९, कक्षा ४ मा १७, कक्षा ५ मा १०, कक्षा ६ मा १३, कक्षा ७ मा ११ र कक्षा ८ मा ६ सिट उपलब्ध छन्।
विद्यालयले जारी गरेको सूचनाअनुसार प्रवेश फारम वितरण चैत्र १० गतेदेखिनै सुरु गरेको प्रवेश फारम  चैत्र २५ गतेसम्म हुने छ भने प्रवेश परीक्षा चैत्र २६ देखि ३० गतेसम्म सञ्चालन गरिनेछ। साथै, नामांकन प्रक्रिया बैशाख ३ गतेदेखि सुरु गरिने जनाइएको छ।
प्रधानाध्यापक ठक्कन महतोले सिट क्षमताभन्दा बढी विद्यार्थी भर्ना नगरिने स्पष्ट पार्दै समयमै नामांकन गराउन अभिभावकहरूलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर