रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेसमा कांग्रेस सदस्यता नवीकरण विवादित, धनुषामा राम पल्टन साहबाट सुरुवात

[sharethis-inline-buttons]

जनकपुरधाम । नेपाली कांग्रेस को आधिकारिक सदस्यता नवीकरण अभियान मधेस प्रदेशमा आन्तरिक विवादका कारण प्रभावित बनेको छ। देउवा निकट समूहका केही नेताहरूले नवीकरण प्रक्रिया बहिष्कार गरेको देखिएको छ, जसले पार्टीभित्रको गुटबन्दी सतहमा ल्याएको छ।
यद्यपि धनुषा जिल्लामा भने केन्द्रीय सदस्य राम पल्टन साह बाट नवीकरण अभियान सुरु गरिएको छ। जिल्लाका धेरैजसो वडाहरूमा सदस्यता नवीकरण प्रक्रिया अघि बढिसकेको भए पनि केही वडामा आन्तरिक गुटबन्दीका कारण अझै सुरु हुन सकेको छैन।
स्थानीय नेताहरूका अनुसार गुटगत विवादकै कारण केही स्थानमा कार्यकर्ताबीच सहमति जुट्न नसक्दा अभियान प्रभावित भएको हो। पार्टीभित्रको आन्तरिक मतभेद समाधान नगरेसम्म सदस्यता नवीकरण अभियान पूर्ण रूपमा प्रभावकारी हुन कठिन देखिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर