धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित विद्यालयमा उठेका गुनासोपछि रास्वपा अनुगमन टोलीले पुनः अनुगमन गरेको छ। अनुगमनमा इन्जिनियर अम्बिका साह, सिकिन्द्र यादव, प्रमोद साह लगायतको टोली सहभागी थियो।
टोलीले धनुष जनता मावि सिकियाहा आधारभुत विद्यालय लगाइतमा केही सुधार देखिए पनि आर्थिक पारदर्शिता, डिजिटल रेकर्ड व्यवस्थापन र शिक्षक भर्ना प्रक्रियामा अझै अस्पष्टता र अनियमितता देखिएको जनाएको छ।
विद्यालयलाई १ हप्ताभित्र स्पष्ट सुधार गर्न अल्टिमेटम दिइएको छ।
तपाईको प्रतिक्रिया






