रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

योजना स्थलमा सूचना पाटी नराखे कारबाही हुने : शाह

[sharethis-inline-buttons]

धनुष टिभी ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिथिला शाह ले वडा सचिव गिता महतो लाई वडा तथा विभिन्न तहका सरकारबाट सञ्चालित योजनामा सूचना पाटी अनिवार्य राख्न निर्देशन दिएका छन्।
वडा अध्यक्ष शाहले वडा स्तरीय, नगर स्तरीय, मधेस प्रदेश सरकार तथा संघीय सरकारबाट वडा क्षेत्रमा सञ्चालित सम्पूर्ण योजनाको कामकारबाहीबारे सूचना प्रवाह गर्न तथा योजना स्थलमा सूचना पाटी र होर्डिङ बोर्ड टाँसिएको सुनिश्चित गर्न परिपत्र जारी गर्न निर्देशन दिएका हुन्।
उनले ३ दिनभित्र सबै योजना स्थलमा सूचना पाटी राख्न आग्रह गर्दै अन्यथा आवश्यक कारबाही गरिने चेतावनी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर