रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मटिहानी नाकाबाट भन्सार छली भारतीय तरकारी भित्रिँदै, सुरक्षा निकाय मौन

[sharethis-inline-buttons]

अनिल निराला
धनुष टिभी, जनकपुरधाम।
महोत्तरीको मटिहानी नाकाबाट भारतीय तरकारी भन्सार छलेर नेपाल भित्रिने क्रम बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। बिहारको मधुबनी जिल्ला चरौत क्षेत्रबाट हरियो सागसब्जी, परवर, काउली, बन्दाकोपी, भण्टा, टमाटर, हरियो खुर्सानी लगायतका तरकारीहरू बिना भन्सार जनकपुरधामको पेठिया बजारसम्म खुलेआम बिक्री भइरहेको आरोप लागेको हो।
स्थानीयका अनुसार सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ड्युटी रहे पनि अवैध रूपमा तरकारी भित्रिने क्रम रोकिएको छैन। दैनिक सयौं किलो भारतीय तरकारी राजस्व नतिरी नेपाली बजारमा पुग्दा राज्यलाई राजस्व घाटा हुनुका साथै नेपाली किसान र स्थानीय व्यापारी प्रत्यक्ष प्रभावित बनेका छन्।
भिडियो र तस्बिरहरूले सीमा क्षेत्रमा भइरहेको गतिविधि पुष्टि गरिरहेको भन्दै स्थानीयवासीले कडा अनुगमन, दोषीमाथि कारबाही तथा राजस्व चुहावट रोक्न तत्काल कदम चाल्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर