धनुष टिभी ,जनकपुरधाम, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १ तीनतल्लेस्थित सार्वजनिक चौतारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणेशमान चारनाथ नगर समितिको आयोजनामा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।
नगर सभापति प्रतिक नेपालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय नीति तथा विचार विभाग सदस्य तथा जिल्ला निर्वाचन समिति प्रतिनिधि प्रमिला सिंह, जिल्ला उपसभापति नरेन्द्र कार्की, जिल्ला सचिव रमेश पहाडी, जिल्ला निर्वाचन समिति सदस्य जित कुमार साह लगायत विभिन्न तहका नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
अधिवेशनले गणेशमान चारनाथ नगरपालिकाको नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा प्रतिक नेपाल सभापति, चित्रकुमारी सुवेदी उपसभापति, कृष्णकुमार सहनी सचिव तथा सुरेश साह सह–सचिवमा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा नरेश साह, खिल विक्रम ढुङ्गेल, आदिलमान राई, कुशल बस्नेत, कोमल माया मर्गनी, प्रकाश राम, इन्का देवी पासमान, मिरा लामा र सुमिना लामा सर्वसम्मत चयन भएका छन्।
अधिवेशनमा वक्ताहरूले संगठन सुदृढीकरण, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गणेशमान चारनाथमा रास्वपाको प्रथम नगर अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






