रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनताको मात्र होइन, सञ्चारमाध्यमको फोनसमेत उठाउँदैनन् सहिदनगरका मेयर यादव

[sharethis-inline-buttons]

धनुषा, जेठ २४ — आफूलाई विकासप्रेमी र जनताको सच्चा पहरेदारका रूपमा प्रस्तुत गर्दै आएका सहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव सम्पर्कविहीन बन्दै गएको भन्दै स्थानीयवासी तथा सञ्चारकर्मीहरूबाट गुनासो आउन थालेको छ।

स्थानीयवासीहरूले विभिन्न सार्वजनिक समस्या, विकास निर्माणका काम तथा नगरपालिकासँग सम्बन्धित विषयमा मेयरसँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने गरेको बताएका छन्। यस्तै, सार्वजनिक सरोकारका विषयमा जानकारी लिन तथा नगरपालिकाको धारणा बुझ्न सञ्चारमाध्यमका प्रतिनिधिहरूले पटक–पटक फोन गर्दा समेत सम्पर्क हुन नसकेको पत्रकारहरूको गुनासो छ।

जनप्रतिनिधि नागरिकप्रति जवाफदेही र सञ्चारमाध्यमप्रति उत्तरदायी हुनुपर्ने भए पनि मेयरसँग सहज सम्पर्क हुन नसक्दा सूचना प्रवाह र जनचासोका विषयमा स्पष्टता आउन नसकेको सरोकारवालाहरूको भनाइ छ।

स्थानीयहरूले निर्वाचित जनप्रतिनिधिले नागरिक र सञ्चारमाध्यमसँग नियमित संवाद कायम गर्दै जनताका गुनासा तथा जिज्ञासाको सम्बोधन गर्नुपर्ने माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर