काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ मुछिएका विभिन्न विवादका विषयमा छानबिन गर्न गठित समितिले उनीबाट गम्भीर प्रकृतिको कुनै अनियमितता नभएको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ।
समितिले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा सार्वजनिक रूपमा चर्चा गरिएजस्ता ठूला समस्या नदेखिएको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार जग्गा कारोबारमा केही सामान्य प्रशासनिक त्रुटि देखिए पनि त्यसलाई गम्भीर अनियमितता वा कानुन उल्लंघनका रूपमा पुष्टि गर्न पर्याप्त आधार नभेटिएको जनाएको छ।
यस्तै, गुरुङसँग सम्बन्धित सुन पैत्रिक सम्पत्ति रहेको तथा सेयर कारोबारमा पनि कुनै उल्लेखनीय समस्या नदेखिएको समितिको निष्कर्ष छ। समितिले व्यक्तिभन्दा पनि सम्बन्धित सरकारी प्रणाली र अभिलेख व्यवस्थापनमा कमजोरी रहेको औंल्याएको छ।
प्रतिवेदनमा यस्ता विवाद दोहोरिन नदिन सम्पत्ति अभिलेखीकरण, जग्गा कारोबार तथा निगरानी प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारलाई सुझाव दिइएको छ।
समितिको निष्कर्ष सार्वजनिक भएसँगै यस विषयमा राजनीतिक तथा सार्वजनिक बहस थप चर्किने अनुमान गरिएको छ।
छानबिन समितिको निष्कर्ष : सुधन गुरुङबाट गम्भीर अनियमितता नभएको दाबी, प्रणाली सुधारको सुझाव
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






