रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिका–४ मा अवैध ग्राभेल उत्खनन जारी, प्रशासनको ध्यानाकर्षण आवश्यक

[sharethis-inline-buttons]

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ अन्तर्गत नदी क्षेत्रमा असार महिनामै अवैध ग्राभेल उत्खनन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। हाल धनुषाधाम क्षेत्रका कुनै पनि नदी तथा खोलामा उत्खननका लागि ठेक्का नलागेको अवस्थामा कसको निर्देशन र संलग्नतामा यस्तो कार्य भइरहेको हो भन्ने प्रश्न उठेको छ।
स्थानीय स्रोतका अनुसार अवैध उत्खनन भइरहेको स्थानमा आज झैझगडासमेत भएको खबर प्राप्त भएको छ। यसअघि दुई दिनअघि नै सम्बन्धित निकाय तथा प्रहरीलाई जानकारी गराइएको भए पनि केही समय रोकिएको उत्खनन पुनः निरन्तर रूपमा सञ्चालन भइरहेको बताइएको छ।
प्रहरी कार्यालयबाट थोरै दूरीमै स्काभेटर, जेसीबी र टिपर प्रयोग गरी उत्खनन भइरहेको अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल छानबिन गरी उत्खननमा संलग्न उपकरण तथा सवारी साधन नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ। अवैध उत्खननले वातावरणीय क्षति, नदीजन्य स्रोतको दोहन तथा स्थानीय शान्ति सुरक्षामा समेत असर पर्ने भएकाले सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर