धनुषा, असार २१ — गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ का १८० जना लाभग्राहीलाई गाउँब्लक जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको छ।
नापी कार्यालय धनुषाको आयोजनामा सम्पन्न कार्यक्रममा नापी अधिकृत निरञ्जन यादवको सभापतित्व रहेको थियो। प्रमुख अतिथिका रूपमा नगर प्रमुख जित नारायण यादव तथा विशेष अतिथिका रूपमा वडा अध्यक्ष जयन्द्र भट्टराई उपस्थित थिए।
कार्यक्रममा रामनारायण मण्डल, मनोज कुमार मानन्धर, बालेखा, अमित कुमार मण्डल, रामानन्द यादव, रामदुलार, चरदिप यादव, सिताशरण यादव, प्रदीप पण्डित, वेणु यादव, राजप्रसाद मानन्धर, अमरबहादुर खपाङ्गी, सूर्यकुमार पुरी, प्रमोदकुमार राधे लगायत नापी कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत वडा नं. ५ का १८० जना लाभग्राहीलाई गाउँब्लक जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको जनाइएको छ।
गणेशमान चारनाथ–५ का १८० जनालाई गाउँब्लक जग्गाधनी प्रमाण–पूर्जा वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






