रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा शारदा लामा र वडा समिति अध्यक्ष नारायण यादवसहित दर्जनौँ रास्वपामा प्रवेश

धनुष टिभी, धनुषा। धनुषाधाम नगरपालिकाका पूर्व उपमेयर प्रत्याशी शारदा लामा तथा वडा समिति अध्यक्ष नारायण यादवसहित दर्जनौँ नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
विशेष समारोहका बीच रास्वपाकी केन्द्रीय सदस्य जुली यादवले नवप्रवेशीहरूलाई टीका तथा माला लगाई पार्टीमा स्वागत गरिन्।
कार्यक्रममा रास्वपाका धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव तथा प्रदेश विभाग प्रमुख अशोक यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले रास्वपाको संगठन विस्तार गर्दै जनताको अपेक्षाअनुसार जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त पार्टी प्रवेश कार्यक्रम योगकुमार यादवको नेतृत्वमा सम्पन्न भएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर