धनुषा, — रघुनाथपुरमा भएको हत्या घटनाको विरोधमा धनुषाको सबैला नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले सबैला बजार बन्द गराउँदै विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
वडा नं. २ स्थित हुलाकी सडक, वडा नं. ११ को रघुनाथपुर नहर चोक तथा मावि बर्कुवा नजिक सडकमा टायर बालिएको छ। बजार बन्दका कारण व्यापार–व्यवसाय ठप्प भएको छ भने सडकमा सवारी आवागमनसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।
गएराति रघुनाथपुरस्थित शिव विशारा मन्दिरमा बन्ठु राउतको घाँटी रेटी हत्या भएपछि स्थानीय आक्रोशित बनेका हुन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीको तत्काल पक्राउ तथा कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।
तपाईको प्रतिक्रिया






