रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मेरिगोल्ड स्कुलमा राखी बाँध्ने कार्यक्रम सम्पन्न, संस्कारयुक्त शिक्षामा जोड

धनुषाधाम । रक्षाबन्धन पर्वको अवसरमा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूबीच राखी बाँध्ने कार्यक्रम सम्पन्न भएको छ। मेरिगोल्ड स्कुलमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रक्षाबन्धन (राखी) को अवसरमा विद्यार्थीहरूबीच राखी बाँध्ने कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा छात्रा तथा छात्रहरूले एक–अर्कालाई राखी बाँध्दै आपसी प्रेम, सद्भाव, सहयोग र भाइचाराको भावना साटासाट गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले रक्षाबन्धन पर्वको सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारीसमेत प्राप्त गरेका थिए। विद्यालयले यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धप्रति सम्मानको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागी विद्यार्थीहरूले राखी बाँधेर एक–अर्काको सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका थिए। आगामी दिनमा पनि धर्म सास्कृती र परम्परा लाई जोडि यस्ता कार्यक्रम संचालन गरिने र सस्कारयुक्त शिक्षामा जोड दिने कुरा विद्यालयको कोडिनेटर अर्जुन कार्की ले धनुष टिभीलाई जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर