रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सुनचाँदी ठगी आरोपमा दम्पती पक्राउ

धनुष टिभी, जनकपुरधाम । गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सयौँ व्यक्तिको सुनचाँदी लिएर करिब ६ महिनादेखि पसल छाडेर फरार रहेका दम्पती पक्राउ परेका छन्।
पसल बन्द गरेर फरार भएपछि पीडितहरू दैनिकजसो इलाका प्रहरी कार्यालय सबैला र जिल्ला प्रहरी कार्यालय धनुषा धाउँदै आएका थिए। १७० जना पीडितको संयुक्त जाहेरीका आधारमा प्रहरीले साबेला नगरपालिका–६ की ३५ वर्षीया रामतोला देवी साहलाई भदौ २ गते पक्राउ गरेको थियो।
फरार रहेका उनका श्रीमान् करिब ४० वर्षीय प्रदीप साह सोनारलाई भदौ १५ गते जनकपुरधाम–४ स्थित अदालत रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुवै जनामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर