रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाको ऐतिहासिक दोस्रो मकर मेला उत्साहका साथ सम्पन्न

[sharethis-inline-buttons]

धनुषा, माघ १३– धनुषा जिल्लामा मनाइने ऐतिहासिक मकर मेला अहिले धार्मिक र सांस्कृतिक उत्साहका साथ सञ्चालन भइरहेको छ। हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व राख्ने यो पर्व मकर संक्रान्तिको अवसरमा मनाइन्छ। मेलामा श्रद्धालुहरूले पूजा, दानपुण्य, र विभिन्न धार्मिक अनुष्ठानमा सहभागिता जनाइरहेका छन्।

यस मेलाको मुख्य आकर्षण भनेकै धार्मिक गतिविधिहरूसँगै हुने कार्यक्रमहरू हुन्। मेलामा परम्परागत स्थानीय खाद्य परिकारहरूको बिक्रीले थप रौनकता प्रदान गरेको छ। माछा,खसी, कुखुरा, बङ्गुरको मासु, स्थानीय परिकारहरू, र खुला मदिराको व्यापारले पनि मेलाको चहलपहल बढाएको छ।

तर, मेलामा ूजुँवा तासू खेल प्रमुख विवादको विषय बनेको छ। यो खेलले स्थानीय तथा बाहिरी आगन्तुकहरूको ध्यान खिचे पनि यसलाई मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई कमजोर बनाउने तत्वका रूपमा हेरिएको छ। धेरै स्थानीयहरू यसप्रति असन्तुष्ट छन्। उनीहरूका अनुसार जुँवा तासजस्ता विकृति फैलाउने गतिविधिले मेलाको मौलिकता र मूल उद्देश्यमाथि असर पर्नेछ।

धार्मिक तथा सांस्कृतिक महत्त्वको यो मेला धनुषाको पहिचानका रूपमा स्थापित छ। यस वर्ष स्थानीय मात्र नभई अन्य जिल्लाबाट पनि ठूलो संख्यामा मानिसहरू मेलामा सहभागी भएका छन्। यो मेलाले धार्मिक आस्था बलियो बनाउँदै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्‍याएको छ।

धार्मिक महत्त्वलाई अक्षुण्ण राख्दै मेलाको मौलिकतामा सुधार गरिनुपर्ने स्थानीयहरूको आवाज छ। उनीहरूका अनुसार मकर मेला जस्तो ऐतिहासिक पर्वलाई सही तरिकाले व्यवस्थापन गर्न सके यसले सम्पूर्ण क्षेत्रको सांस्कृतिक पहिचान थप उजागर गर्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर