रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भठिहन समाज कल्याण सेवा समिति र न्यु शिव शक्ति युवा क्लबद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

[sharethis-inline-buttons]

ढल्केवर– सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसात गर्दै भठिहन समाज कल्याण सेवा समिति र श्री न्यु शिव शक्ति युवा क्लबको पहलमा हालै सम्पन्न एक दिने निःशुल्क आँखा शिविरले ठूलो सफलता प्राप्त गरेको छ।

शिविरमा करिब ११५ जनाको मोतियाबिन्दुको शल्यक्रियाको लागि समय निर्धारण गरिएको थियो। तय गरिएको कार्यक्रमअनुसार, हिजो ७५ जना र आज ४० जना गरी कुल ११५ जनाको सफल शल्यक्रिया ढल्केवर रेयुकाइ आँखा अस्पतालमा सम्पन्न गरिएको छ।

शल्यक्रिया गराउने सबै बिरामीलाई निःशुल्क खाना, औषधि, चस्मा तथा यात्रा खर्च भठिहन समाज कल्याण सेवा समितिले पूर्ण रूपमा व्यहोरेको छ। यस किसिमको सेवाले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर