रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मकर मेला शान्तिपूर्ण रूपमा सम्पन्न, सुरक्षा व्यवस्था कडा

[sharethis-inline-buttons]

धनुषा — मकर मेला शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताएका छन्। इलाका प्रहरी कार्यालय धनुषाधाममा पत्रकार मुकेश कुमार ठाकुरसँग कुराकानी गर्दै एसपी तिवारीले मेलाको सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिएका हुन्।

मेलाको सुरक्षा व्यवस्था इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा गरिएको छ।
बाहिरी क्षेत्रबाट थप सुरक्षा कर्मी परिचालन गरी मेलालाई सुरक्षित बनाइएको प्रहरीले जनाएको छ।
मेलाको दौरान पकेटमारहरूमाथि निगरानी बढाइएकाले केहीलाई पक्राउ गरिएको छ भने सानातिना विवादहरू छलफलको माध्यमबाट समाधान गरिएको प्रहरी निरीक्षक खनालले जानकारी दिए।

मकर मेला सुरक्षित तथा व्यवस्थित बनाउन नगरपालिका, विद्यालय तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। मेलामा जुवा तथा तास खेल्ने गतिविधिलाई पूर्ण रूपमा निषेध गरिएको थियो।
प्रहरीले जुवा खेलाउने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
मेलाको क्रममा विभिन्न असामाजिक गतिविधि गर्न खोज्ने दर्जनौं व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खनालले जानकारी दिए। सुरक्षालाई ध्यानमा राख्दै मेलाभरि निगरानी राखिएको तथा शान्तिपूर्ण वातावरण कायम गर्न विशेष सुरक्षा रणनीति अपनाइएको उनले बताए।

स्थानीय प्रशासन, प्रहरी र समुदायको सहकार्यमा मकर मेला अहिलेसम्म कुनै अप्रिय घटना नघटिकन सफलतापूर्वक सम्पन्न भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर