रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेस प्रदेशसभा बैठकमा एमाले सांसद ठाकुरको मुख्यमन्त्रीलाई कटाक्ष

[sharethis-inline-buttons]

 

जनकपुरधाम, माघ २९ – मधेस प्रदेशसभा बैठकमा सत्तापक्ष एमालेका सांसद दिपेन्द्र कुमार ठाकुरले मुख्यमन्त्री सतिशकुमार सिंहलाई कटाक्ष गरेका छन्।

सोमबार प्रदेशसभामा बोल्दै सांसद ठाकुरले मुख्यमन्त्री सिंहको सक्रियता मात्र पर्याप्त नभएको भन्दै वैज्ञानिक रणनीति आवश्यक रहेको बताएका छन्। उनले भने, मैले बरु प्रशंसा पूर्वक भन्नुपर्छ, मधेस प्रदेशका मुख्यमन्त्रीज्यू राति(राति क्रसरमा जानुहुन्छ, अस्पतालमा जानुहुन्छ। तर, केवल घुमेर वा सस्तो लोकप्रियता कमाएर मात्र हुँदैन। त्यसका लागि ठोस वैज्ञानिक रणनीति हुनुपर्छ, रणनीतिले मात्र त्यसलाई नियन्त्रण गर्न सक्छ।

सांसद ठाकुरको यो टिप्पणी प्रदेश सरकारको कामशैलीप्रति असन्तुष्टि प्रकट गर्ने हिसाबले आएको हो। उनले अवैध क्रसर उद्योग नियन्त्रण तथा स्वास्थ्य सेवा सुधारमा सरकारले दीर्घकालीन र प्रभावकारी नीति लिनुपर्नेमा जोड दिए।

प्रदेशसभामा मंगलबार पनि विभिन्न विषयमा तीखो बहस चलिरहँदा सांसद ठाकुरको भनाइले थप चर्चा पाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर