रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाममा जनमत विद्यार्थी संघद्वारा स्ववियु निर्वाचन प्रशिक्षण सम्पन्न

[sharethis-inline-buttons]

जनकपुरधाम, फागुन ३ – जनमत विद्यार्थी संघद्वारा आज जनकपुरधाममा स्ववियु निर्वाचनसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा। राउतले विद्यार्थीहरूको बाहिरी ज्ञान अभावका कारण समग्र चेतनास्तरमा गिरावट आएको धारणा व्यक्त गर्नुभयो। उहाँले संरचनाले विद्यार्थीहरूलाई बाहिरी संसारसँग कम सम्पर्क गराएको बताउँदै, केवल प्रमाणपत्रमा अंक ल्याउनु पर्याप्त नहुने उल्लेख गर्नुभयो। बाहिरी दुनियाँमा के हुँदैछ भन्ने थाहा हुनु आवश्यक छ, किनकि ज्ञानको प्रभाव राजनीति र समाजमा गहिरो रूपमा पर्छ, उहाँले भन्नुभयो।
डा। राउतले राजनीति जनजीवनको आधारभूत आवश्यकता भएको बताउँदै विद्यार्थीहरूलाई राजनीतिक सचेत रहन आग्रह गर्नुभयो। जे गर्न पनि राजनीति आवश्यक छ, बिना राजनीतिले केही सम्भव छैन। हामीले राजनीति नगर्दा हामीभन्दा कमजोरहरू हामीमाथि शासन गरिरहेका छन्,उहाँले थप्नुभयो।
कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंह, सांसद महेश प्रसाद यादव, पार्टी सचिव सन्जय कुमार यादव, महासचिव चन्दन सिंहलगायत विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्ववियु निर्वाचनका प्रक्रिया, भूमिका तथा नेतृत्व विकासबारे प्रशिक्षण प्रदान गरिएको कार्यक्रमको अध्यक्षता पोषण यादवले गर्नुभएको थियो। प्रमुख अतिथि डा। सिके राउत तथा विशेष अतिथि मुख्यमन्त्री सतिश कुमार सिंह, मन्त्री त्रिभुवन साह धनुषा इन्चार्ज सुरेन्द्र मण्डल लगायतका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम संचालन बिजय यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर