फाल्गुन१६,धनुषाधाम – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तारापट्टी को आयोजनामा धनुष मन्दिर र बजार क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं.१ का वडा अध्यक्ष सुनिल कापर केवट, लघुवित्त संस्थाका शंकर राम, जितु कुमार राम लगायत अन्य पदाधिकारी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा मन्दिर र बजार क्षेत्र सफा गर्नुका साथै सरसफाईलाई प्रवर्द्धन गर्ने उद्देश्यले चार थान डस्टबिन समेत राखिएको छ। सरसफाई अभियानले धार्मिक तथा व्यावसायिक क्षेत्र स्वच्छ राख्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका आयोजकहरूले भविष्यमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
तपाईको प्रतिक्रिया




