फाल्गुन,१६ – धनुषाको धनुषाधाम नगरपालिका–१ स्थित सव डिभिजन बन कार्यालयको आयोजनामा बन क्षेत्रमा आगलागी नियन्त्रणका लागि कन्ट्रोल बनिङ कार्यक्रम सम्पन्न भएको छ।
धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कापर केवटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सव डिभिजन बन कार्यालयका प्रमुख एवं बन अधिकृत शंकर नारायण झा रहनुभएको थियो।
कार्यक्रममा परिषद् सचिव सत्यनारायण यादव, सन्जय महतो, सिनोद मण्डल, ओम प्रकाश मण्डल, शस्त्र प्रहरी, नेपाल प्रहरी, बन सुरक्षाकर्मी, बनका कर्मचारी, सञ्चारकर्मी, तथा स्थानीय नागरिक समाजको सहभागिता रहेको थियो।
चैत र वैशाख महिनामा हुने बन क्षेत्रमा आगलागी नियन्त्रणका लागि आयोजना गरिएको यस कार्यक्रममार्फत आगलागी रोकथामका उपायहरूबारे छलफल भएको थियो। बन सुरक्षा र वातावरणीय सन्तुलन कायम गर्न यस्ता कार्यक्रम आवश्यक रहेको सहभागीहरूले बताएका छन्।




