रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथमा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

[sharethis-inline-buttons]

 

फागुन १९,धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्ने तथा महिलाहरूलाई अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले यो सेवा शुरू गरेको हो।

नगर प्रमुख जितनारायण यादवका अनुसार नगरपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलाहरूले सहज रूपमा स्वास्थ्य संस्थासम्म पुग्न सकून् भन्ने लक्ष्यका साथ एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो।

यस सेवाबाट नगरभित्रका महिलाहरूले आकस्मिक अवस्थामा सहज उपचार पाउने विश्वास लिइएको छ। नगरपालिकाले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत यो नयाँ सेवा थपिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर