रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साना किसान विकास लघुवित्त बर्दिवासका शाखा प्रबन्धक गैरेलाई बिदाइ सम्मान

[sharethis-inline-buttons]

धनुषा, फागुन २२ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय बर्दिवासका शाखा प्रबन्धक युवराज गैरेलाई धनुषा जिल्लाभरका साना किसान कृषि सहकारी संस्था लि।को आयोजनामा विशेष सम्मान तथा बिदाइ कार्यक्रम गरिएको छ।

धनुषाधाममा आयोजित कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि। धनुषाधामका अध्यक्ष रामसोभित यादवको अध्यक्षतामा गैरेलाई फुलमाला, गम्छा र मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको हो। कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका प्रबन्धक, अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान समारोहमा राजकुमार साह, दिपनारायण पुर्वे, रामरतन महतो, रामदुलारी, अनन्ता देवी बासकोटा, बिनोद बस्नेत, सरोज कुमार यादव, रामबाबु पाण्डे, हरिचन्द्र पण्डित, सुभाष गौतम, प्रभु नारायण साह, सुनैना देवी, किसुन कापर, रिना मण्डल, निराजन सिंह, धनेश्वर यादव, रामदेव यादव, सुशीला देवी, शिवशंकर साह, शान्ति मण्डल, सन्तोष कुमार राम, जयप्रकाश शर्मा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले गैरेको चार वर्ष चार महिनासम्मको योगदानको सराहना गर्दै उनले सहकारी तथा लघुवित्त क्षेत्रमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए। गैरेले आफ्नो कार्यकालभर सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकारी संस्थाहरूको सफलताका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

बिदाइ कार्यक्रममा सहभागीहरूले लघुवित्त तथा सहकारी क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमले थप हौसला प्रदान गर्ने भन्दै गैरेको भविष्य सफलताको कामना गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर