रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वडा अधिवेशन सम्पन्न, नयाँ समिति चयन

[sharethis-inline-buttons]

 

धनुषा, हंसपुर पश्चिमबारी टोलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा नेपालको आसन्न वैशाख २६ गते हुने राष्ट्रिय अधिवेशनको तयारीस्वरूप प्रथम वडा अधिवेशन आज धनुषा जिल्लाको हंसपुर नगरपालिका–४, पश्चिमबारी टोलस्थित मधुकरही भोला बाबा मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ।

वडा अधिवेशनमा वडा सदस्य गणेश यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश समितिका उपाध्यक्ष एवं पूर्व मेयर रामज्ञान मण्डल प्रमुख अतिथि रहनुभएको थियो। साथै जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य एवं वडा अध्यक्ष उदय कुमार सिंह, जिल्ला सदस्य इस्लाम कावारी, नगर संयोजक एवं वडा अध्यक्ष लालबाबु यादव, नगर सचिव विजय झा, नगर सदस्य हरिद्याल मण्डल, शिवशंकर मण्डल, वडा सदस्य अब्दुल नदाफ, वडा कमिटी सचिव नरेश साह, तथा अन्य पार्टीका नेताहरू, शुभेच्छुक एवं स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो।

वडा अधिवेशनले गणेश यादवको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा इन्दल सबदुल नदाफ, सचिवमा नरेश साह, सहसचिवमा बिन्देश्वर यादव र कोषाध्यक्षमा राधा देवी मण्डल चयन भएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै नेताहरूले आसन्न राष्ट्रिय अधिवेशनलाई सफल बनाउन पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, वडा स्तरबाटै संगठनलाई बलियो बनाउने अभियानमा सबैलाई सक्रिय सहभागिता जनाउन आह्वान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर