रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

डा.संगीता कौशल मिश्रा द्धरा सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

[sharethis-inline-buttons]

 

४ चैत, जनकपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा।संगीता कौशल मिश्राले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वोच्चमा रिट निवेदन दिएकी हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन् । उनको रिटमाथि सोमबार सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ । २१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा‍। विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । देवकोटा सचिव भएपनि मिश्राले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी थिइन्। १२ फागुनमा पूर्वसचिव डा‍।रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा।मिश्रा, डा। विकास देवकोटा र डा।टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर