धनुषा — सबैला नगरपालिका वडा नं. ९ अन्तर्गत रहेको चौकको नामाकरण सम्बन्धमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय, धनुषामा मिति २०८१र१२र०३ गते महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलबाट सामाजिक सद्भाव र सहिष्णुतालाई कायम राख्ने गरी यथाशीघ्र चौकको नामाकरण गरिने निर्णय गरिएको छ।
नगरपालिकाका नगर प्रमुख कारीराम यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नगरवासीहरूलाई आपसी मेलमिलाप, सामाजिक सद्भाव तथा शान्ति कायम राख्न अनुरोध गरिएको छ। साथै, विवादरहित रूपमा चौकको नामाकरण गरिने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।
नगर प्रमुख यादवले नगरवासीहरूलाई सार्वजनिक रूपमा संयम अपनाई सहिष्णुता प्रदर्शन गर्न आग्रह गर्दै, नगरपालिकाले विवाद समाधानका लागि आवश्यक पहल गर्ने स्पष्ट पारेका छन्।
तपाईको प्रतिक्रिया




