रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रेडियो धनुष ९९.७ मेगाहर्जको ५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

[sharethis-inline-buttons]

धनुषा । धनुषाको धनुषाधामबाट ग्रेटर मधेश मिडिया प्रालिद्वारा सञ्चालित रेडियो धनुष ९९.७ मेगाहर्जले आफ्नो ५औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

बुधबार आयोजित कार्यक्रमको रेडियोका संचालक एवं पत्रकार मुकेशकुमार ठाकुरको अध्यक्षतामा तथा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकी सदस्य एवं चर्चित महिला पत्रकार चान्दनी झाले शुभकामना व्यक्त गर्दै भनिन्, अहिले धेरै मिडिया धरासाही भइरहेका बेला रेडियो धनुषले भव्य रूपमा वार्षिकोत्सव आयोजना गर्नु सुखद पक्ष हो। मुकेश जीले जिल्लाभर गएर रेडियो तथा अनलाइन टिभी रिपोर्टिङ गर्दै आउनुभएको छ। म दोस्रो वार्षिकोत्सवमा सहभागी भएकी थिए, आज पाँचौंमा उपस्थित हुन पाउँदा गर्व महसुस गरिरहेको छु।

कार्यक्रममा पत्रकार, समाजसेवी, व्यापारी, श्रोता, विज्ञापनदाता तथा रेडियोमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

रेडियो धनुष ९९.७ मेगाहर्जले आफ्नो स्थापनालगत्तै समाचार, सूचना, मनोरञ्जन तथा सामाजिक विषयमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर