रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रेडियो धनुष ९९.७ मेगाहर्जको पाँचौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

[sharethis-inline-buttons]

धनुषाधाम, चैत ६– धनुषाधाममा सञ्चालित रेडियो धनुष ९९.७ मेगाहर्जले आफ्नो पाँचौं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमको अध्यक्षता रेडियोका सञ्चालक एवं पत्रकार मुकेशकुमार ठाकुरले गरेका थिए। कार्यक्रममा धनुषमन्दिर वाणगङ्गा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानका संयोजक प्रमोद कुमार यादवले रेडियो धनुषको महत्व उजागर गर्दै यसको सञ्चालनले मधेश प्रदेशमै धनुषाधामको समग्र विकास तथा सामाजिक न्यायका पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।
उनले भने, “मिथिलाको पावन भूमिमा सञ्चालित रेडियो धनुषले आवाजविहीन र व्यथितहरूको आवाज बुलन्द गर्दै संघीयताको पक्षमा सशक्त रूपमा कार्य गरिरहेको छ। यसले समाजका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने महत्वपूर्ण पहल गरिरहेको छ।”
कार्यक्रममा विभिन्न बक्ताहरूले रेडियो धनुषको पाँच वर्षको योगदानको प्रशंसा गर्दै यसको निरन्तर सफलताको शुभकामना व्यक्त गरेका थिए। रेडियो धनुष ९९.७ मेगाहर्जले स्थानीय स्तरमा सूचना, शिक्षा र मनोरञ्जन प्रवाह गर्दै आएको छ, जसले समाजमा सकारात्मक प्रभाव पार्दै आएको छ।
उक्त अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर