रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाल पिछडाबर्ग obc महासंघको आन्दोलन १७औं दिनमा, सरकारको वेवास्ताप्रति असन्तुष्टि

[sharethis-inline-buttons]

काठमाडौं, चैत ७ – नेपाल पिछडाबर्ग (obc)महासंघले आफ्ना पाँचबुँदे माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेको आज १७औं दिन पुगेको छ। महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले सरकार उनीहरूको मागप्रति वेवास्ता गरिरहेको आरोप लगाएका छन्।

फागुन १९ गतेदेखि सुरू भएको धर्ना जारी रहे पनि सरकारले कुनै ध्यान नदिएको भन्दै महासंघले अब कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ। अध्यक्ष ठाकुरले भने, राज्यले हाम्रो माग सम्बोधन गर्न वेवास्ता गरिरहेको छ। हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं, तर सरकारको रवैया हेर्दा अब थप कडा कदम चाल्न बाध्य हुनेछौं।

महासंघले OBC समुदायका अधिकार सुनिश्चित गर्न विभिन्न माग राख्दै आएको छ। सरकारले वार्ता र समाधानतर्फ कुनै चासो नदेखाए आन्दोलनलाई थप सशक्त बनाउने महासंघले जनाएको छ।

यस विषयमा सरकारी पक्षको आधिकारिक धारणा आउन भने बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर