कमला नगरपालिका–७, जागिर टोलमा स्व.फुलो देवी ठाकुरको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। फुलो देवी दिवंगत राजदेव ठाकुरकी धर्मपत्नी हुन्। उनको निधन २०८१ चैत १ गते भएको थियो।
श्रद्धाञ्जली सभामा ठाकुर परिवारका सदस्यहरूसहित विभिन्न जिल्लाबाट आएका नाई समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्व. फुलो देवीका छोरा सञ्जय ठाकुर, शिक्षक विजय ठाकुर, तथा छोरीहरू रेणु ठाकुर र बबिता ठाकुर घरपरिवार नातेदार आफन्त र परिवार सदस्य सहभागी थिए।
कार्यक्रमको सभापतित्व सूर्यदेव ठाकुरले गरेका थिए भने प्रमुख अतिथि सञ्जीव ठाकुर रहेका थिए। साथै, डा. राजेन्द्र ठाकुर, नागेन्द्र ठाकुर, पत्रकार अनुरुद्ध ठाकुर, पत्रकार मुकेश कुमार ठाकुर लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो।
श्रद्धाञ्जली सभामा विजय ठाकुरले अतिथिहरूलाई गम्छा लगाएर सम्मान गरेका थिए। सहभागीहरूले स्व.फुलो देवी ठाकुरको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।




