धनुषा, चैत २० – समाजवादी युवा संघ नेपाल, धनुषाले जिल्ला अधिवेशन तयारी समिति गठन गरेको छ। संघका जिल्ला अध्यक्ष दिपु कापरीको अध्यक्षतामा सम्पन्न जिल्ला युवा भेलाले मदन साहलाई संयोजक तथा राम कुमार साहलाई सदस्य सचिव तोकी ५१ सदस्यीय समिति गठन गरेको हो।
सो भेला कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा), नेपालका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री ज्ञानेन्द्र यादव, संघका केन्द्रीय अध्यक्ष संजिव यादव, मधेस प्रदेश अध्यक्ष कमलेश यादव, उपाध्यक्ष सुरज सिंह, मुख्य सचिव दिपु कापरी, प्रदेश सदस्य जय नारायण यादव लगायत अन्य युवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सर्वसम्मत रूपमा गठित जिल्ला अधिवेशन तयारी समितिले समाजवादी युवा संघ नेपालको संगठन सुदृढ गर्दै आगामी अधिवेशनको तयारी गर्ने बताइएको छ।




