२५ चैत, काठमाडौं। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया




