रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिका तनावग्रस्त, दुई पक्षबीच झडपको स्थिति

[sharethis-inline-buttons]

धनुषा,चैत २५— धनुषाको धनुषाधाम नगरपालिकाको अवस्था सोमबार तनावग्रस्त बनेको छ। ड्राइभिङ तालिममा सबै वडाको सहभागिता गराइएकामा वडा नम्बर १ का अध्यक्ष सुनिल कापरले आफ्ना वडाबाट कसरी नाम पठाइयो भन्ने विषयमा आपत्ति जनाउँदै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा पूर्वाधार विकास शाखामा तालाबन्दी गरेका थिए।

विवाद समाधानका लागि नगर प्रमुख बालेश्वर मण्डलले सोमबार बिहान ८ बजे कार्यपालिका बैठक आह्वान गरेका थिए। तर सोही समयमा माओवादी केन्द्रका कार्यकर्ताहरूले ११ बुँदे मागसहित पालिकाको सबै शाखामा नाराबाजी गर्दै तालाबन्दी गरेका थिए। पार्टीका मेयर पदका उम्मेदवार तथा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवका अनुसार केही दिनअघि उठाइएको मागबारे सुनुवाइ नभएको भन्दै आन्दोलन गरिएको हो।

कार्यपालिका बैठककै दौरान एक समूहले ‘माओवादी केन्द्र मुर्दावाद’ भन्दै ताला तोड्न खोज्दा अवस्था झनै तनावपूर्ण बन्यो। झडपको सम्भावना देखिए पनि इलाका प्रहरी कार्यालय धनुषाधामको तत्पर सुरक्षाले स्थिति नियन्त्रणमा लिएको छ।

हाल माओवादी केन्द्रको धर्ना नगरपालिकाको प्राङ्गणमा जारी छ भने जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर