३१ चैत, जनकपुर । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण र संविधानको रक्षाका लागि भन्दै नेकपा (एमाले) कोशी प्रदेश कमिटीले झापाको दमकमा शनिबार आयोजना गरेको बृहत् जनजागरण सभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘राजतन्त्र फर्काउने र दुई÷चार सडक छाप मान्छेहरूको तमाशा चैत १५ गते देखियो। यिनीहरू कस्ता तत्व र शैलीका व्यक्ति हुन भनेर। अब तोडफोड, हत्याहिंसा, आक्रमण यस्ता कुराहरू सह्य हुँदैन। अब देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाउने उनले बताए। निरंकुुश राजतन्त्र हुँदा देशमा विकास केही पनि भएन। विकासको सिन्को नभाच्नेहरू अहिले देशमा यत्रो विकास हुँदा केही भएन भन्दै हिँडिरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै ओलीले भने, तपाईंहरू मलाई साथ दिनुहोस् मै आउँछु भन्न लाजै मान्दैनन्। अढाई सय वर्ष केही नगरिकन खाने, देश लुट्नेहरूप्रति नेपाली जनता सचेत छन् जनताले बुझेका छन्। नेपाली जनता कुनै पनि हालतमा रैती हुन तयार हुँदैनन् उनले भने। ड्राइभिङ सिक्दै नसिकेकाहरूले म राम्रो गाडी चलाउँछु, यसले केही जान्दै जान्दैनन्, यो ड्राइभरलाई हटाउनुपर्छ भनेर ड्राइभरको सिटमा बस्न खोजेको व्यंग्य हान्दै अध्यक्ष ओलीले भने, ‘राजनीतिक भनेको थाहै नपाएका र ढुंगा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधुम मच्चाइरहेका छन्। अहिले देश विकास र सुशासनको गतिमा अघि बढिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्न सरकार लागि परेको छ। देशमा स्थिरता र स्थायित्व चाहिएको छ। सरकार फेर्न र ढाल्ने खेलको चक्कर लागेकाहरू देशको विकास होइन, तमाशा गर्न चाहिरहेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ,नेपाली जनता कुनै पनि हालतमा रैती हुन तयार नहुने बताएका छन्
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




