रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बसही खोलाको अलपत्र पुल निर्माणको माग गर्दै चक्का जाम

[sharethis-inline-buttons]

 

जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका वडा नं.२ र ६ को सिमानामा पर्ने बसही खोलाको पुल निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै आज बिहान स्थानीयले एक घण्टासम्म चक्का जाम गरेका छन्।

वर्षौंदेखि राजु कन्ट्रक्सनले अलपत्र छोडेको पुलमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् भने कैयौंले ज्यानसमेत गुमाउनु परेको स्थानीयको गुनासो छ। सोही विषयलाई लिएर स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले दबाब स्वरूप चक्का जाम गरेका हुन्।

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवका अनुसार पुल निर्माण कार्य तत्काल सुरु नगरिए थप संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी दिइएको छ। “पुल निर्माणको विषयमा आजै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ,” वडाध्यक्ष यादवले बताउनुभयो, “यदि समयमै काम सुरु भएन भने हामी कडा आन्दोलनमा उत्रिनेछौं।”

स्थानीयको तर्फबाट उठाइएको आवाजप्रति राज्यले समयमै ध्यान नदिए झनै ठूलो दुर्घटनाको जोखिम बढ्ने चिन्ता जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर