रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा दुई ट्रक ठोक्किँदा एकमा आगलागी, तीन जना घाइते

[sharethis-inline-buttons]

 

धनुषा — धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलचौकमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार बिहान दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रकमा आगलागी भएको छ। बिहान करिब ८ बजे प्र.०२–०३–००१ ख ०७१५ नम्बरको ट्रक र ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

दुर्घटनापछि ना.६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेर ठूलो क्षति पुगेको छ। दुर्घटनामा दुबै ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको जनकपुरस्थित अपोलो अस्पतालमा र एक जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइ रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर