रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

समाजवादी मुस्लिम संघ, नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

समाजवादी मुस्लिम संघ, नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न
समाजवादी मुस्लिम संघ, नेपालको प्रथम जिल्ला अधिवेशनबाट रहमत राईन अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा अजिम अंसारी, उपाध्यक्षमा आबिद हुसैन, सचिवमा सदाम हुसैन, कोषाध्यक्षमा मो। जुबैर आलमलगायत अन्य पदाधिकारीहरू जिल्ला कार्यसमितिमा निर्वाचित भई शपथ ग्रहण गरेका छन्।

उक्त कार्यक्रममा मुस्लिम संघ मधेश प्रदेश समितिका अध्यक्ष मो। मुसाहिद हुसैनको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका पूर्व राज्य मन्त्री शेख अबुल कलाम आजाद ९उर्फ फुलबाबु० रहेका थिए। साथै जसपा नेपाल संगठन विभाग मधेश प्रदेशका सदस्य अब्दुल्ला शेख, साजिद हुसैनलगायत नेताहरूको उपस्थिति रहेको थियो।

शपथग्रहण कार्यक्रम जसपा नेपाल मधेश प्रदेश पार्टी कार्यालय, जनकपुरधाममा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर