रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुलुकभर करिब ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन, तीमध्ये ७० प्रतिशत उद्योग अझै पनि ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन

[sharethis-inline-buttons]

जेठ ५, काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ मा २।२ प्रतिशत ऋणात्मक रहेको निर्माण क्षेत्र यो वर्ष सोही हाराहारीमा धनात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो आर्थिक वर्ष २०८१।८२ मा यो क्षेत्र २।२१ प्रतिशतले विस्तार हुनेछ । यसले निर्माण क्षेत्र केही सल्बलाउन खोजेको संकेत गरिरहेको छ । त्यस्तै सेयर बजारमा सूचीकृत रहेका चार सिमेन्ट उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणले पनि सकारात्मक संकेत देखाएको छ । सूचीकृत ४ कम्पनीमध्ये दुईले नोक्सानी घटाएका छन् भने बाँकी दुईले नाफा बढाएका छन् । समग्रमा गत वर्ष ऋणात्मक रहेको ४ सिमेन्ट उद्योगको कुल नाफा यो पटक धनात्मक भएको छ । सिमेन्टको बिक्री बढेको छ भने केहीले लागत पनि घटाएका छन् । २०७२ सालको भूकम्पपछि संरचना पुनर्निर्माणका लागि ठूलो परिमाणमा निर्माण सामग्रीको जरुरत पर्‍यो । त्यही माग पूर्ति गर्नका लागि सिमेन्ट उद्योग थपिए, सञ्चालन भइरहेकाले पनि आफ्नो क्षमता बढाए । करिब ६ वर्षसम्म राम्रो बिजनेस गरेका सिमेन्ट उद्योग २०७९ पछि समस्यामा परे । भूकम्पको पुनर्निर्माण सकिएपछि ह्वात्तै माग घट्यो, तर क्षमता विस्तार भएकाले उत्पादन बढी भयो । मुलुकभर करिब ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये ७० प्रतिशत उद्योग अझै पनि ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योगी बताउँछन् । विद्युत् कटौती, कोइलाको अभाव, उत्पादनको माग पक्ष कमजोर हुनु नै अहिलेको प्रमुख चुनौती रहेको उद्योगीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर