रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कमलामा सरसफाइ तथा स्वच्छता सम्बन्धी एक दिवसीय अभिमुखीकरण

[sharethis-inline-buttons]

कार्यक्रममा नगर उप प्रमुख शिला देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको उद्देश्य नगर क्षेत्रभित्र स्वच्छता प्रवर्द्धन, खानेपानीको पहुँच तथा सरसफाइ अभियानमा सरोकारवालाहरूको भूमिका स्पष्ट गर्दै योजनाबद्ध रूपमा कार्यान्वयन गर्न रहेको बताइएको छ।

नगर प्रमुख यादवले कार्यक्रममा बोल्दै स्थानीय सरकारको योजना सफल पार्न वडा र समुदायस्तरको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले सरसफाइ, जनचेतना, प्रविधिको प्रयोग, स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा सहभागीहरूले यस्तो अभिमुखीकरण कार्यक्रमले व्यावहारिक ज्ञान दिने र समुदायमा प्रभावकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
८०% जनताले आइरण भएको पानी खाइरहेका छन्
२०% जनताको घरमा मात्र फिल्टर जडान गरि खानेपानीको प्रयोग गरेको मेयर यादवले बताउनुभयो विद्यालयमा खानेपानीको लाग चर्पी बनाए शुद्ध पानीको व्यवस्थापन गर्दैछौँ ।धेरै काम गर्नुपर्ने छ केहि भएको थिएन अहिले गर्दैछु ।म सबै विद्यालयमा सरसफाइका लागि दुइजना मेस्तर राखेर सफाइ गराउन भनेको आइतबारदेखि सबै विद्यालय स्वास्थ्य चौकी र वडा कार्यालयको सौचालय सफाइ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर